ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
विभिन्न सौन्दर्य प्रतियोगिता जितिसकेकी एवम् आउँदो दिसम्बर महिनामा आयोजन हुने प्लानेट मिस युनिवर्स प्रतियोगितामा भारतलाई प्रतिनिधित्व गर्ने तयारीमा रहेकी सुश्री मन्जू थापा आइतबार जलपाइगडी जिल्ला अधिनस्थ सामसिङ चियाबारी पुगेकी थिइन्। सामसिङका विद्यालयमा विद्यार्थीहरूसँग भेट गरेर उनले शिक्षा स्वास्थ्य र स्वच्छताप्रति जागरुक रहने आह्वान गरिन्। विद्यार्थीहरू नै देशका भविष्य हुन् र असल समाज निर्माणका निम्ति प्रत्येक विद्यार्थीले शिक्षामा ध्यान दिनु आवश्यक छ। जब समाज असल हुन्छ तब नै देश अघि बढ्नेछ भन्दै सुश्री थापाले विद्यार्थीहरूलाई शिक्षण सामाग्री पनि दिएकी थिइन्। गाउँमा केही दिन अघि मात्र आफ्नो घर जलेर कष्टकर जीवन बिताइरहेकी महिलाको घर पुगेर थापाले केही सहयोग पुर्याउँदै मिस युनिवर्स जितेर आएमा उनको घर निर्माण गरिदिने आश्वासन पनि दिइन् । सामसिङ जाने क्रममा ओदलाबारी र मालबजार हनुमान मन्दिरमा पनि उनलाई स्वागत जनाइएको थियो भने सामसिङ ड्राइभर एसोसिएसनले पनि आफ्नो कार्यक्रममा उनलाई स्वागत जनाएको थियो।